Logo

बुधवार, कार्तिक १२ गते २०८३

विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री 

विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री 

  • समाचार
  • फाल्गुण ३०, २०८० बुधवार २२:०६ बजे
  • 475
    SHARES
  • काठमाडौँ, ३० फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताउनुभएको छ ।

    विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।”

    राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताउनुभयो ।

    सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताउनुभयो । उहाँले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ भन्नुभयो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend