Logo

बुधवार, कार्तिक १२ गते २०८३

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • समाचार
  • जेठ १६, २०८३ शनिवार १९:२६ बजे
  • 367
    SHARES
  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    दमौली (तनहुँ), १६ जेठ : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ ।

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो क्रस गर्ने क्रममा पैदलयात्री ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो ।

    दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend