Logo

बुधवार, कार्तिक १२ गते २०८३

विश्वासको मत प्राप्त गरे मधेस प्रदेशका मुख्यमन्त्री यादव

विश्वासको मत प्राप्त गरे मधेस प्रदेशका मुख्यमन्त्री यादव

  • समाचार
  • जेठ ८, २०८३ शुक्रवार २१:१९ बजे
  • 289
    SHARES
  • विश्वासको मत प्राप्त गरे मधेस प्रदेशका मुख्यमन्त्री यादव

    जनकपुर, ८ जेठ : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो । मधेस प्रदेशसभाको बैठकमा उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभामा विश्वासको पक्षमा ६२ जना प्रदेशसभाका सदस्यहरूले मत दिनुभयो ।

    विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३६ जना प्रदेशसभाका सदस्यहरूको मत परेको मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभाको बैठकमा घोषणा गर्नुभएको थियो । साथै, प्रदेशसभामा १०७ सदस्य हुनुहुन्छ । दुई जना सदस्य निलम्बित हुनुहुन्छ भने चार जनाले राजीनामा दिनुभएको छ । अन्य तीन जना भने सभामा अनुपस्थित रहनुभएको सभामुख यादवले जानकारी दिनुभयो ।

    प्रदेश सरकारमा रहेका जनमत पार्टीले गत वैशाख २३ गते मुख्यमन्त्री यादवलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभएको हो । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, नेकपा (एमाले) २४, नेपाली कम्युनिष्ट पार्टी १५ र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका एक सदस्यले विश्वासको मत दिनुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend