Logo

बुधवार, कार्तिक १२ गते २०८३

अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट

अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट

  • समाचार
  • फाल्गुण २२, २०८० मंगलवार २०:५१ बजे
  • 652
    SHARES
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । बिरामी नेपाललाई भेट्न मंगलबार प्रचण्ड र ओलीले नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

    नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालको साथ खोजेका छन् । उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन् ।

    यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend