Logo

बुधवार, कार्तिक १२ गते २०८३

लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

  • समाचार
  • बैशाख १२, २०८३ शनिवार ०८:३० बजे
  • 235
    SHARES
  • लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौँ, १२ वैशाखः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ ।

    चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । निजको घर खानतलासी गर्दा जरायोका सिङ गैंडाको छालासमेत बरामद भएको छ ।

    यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनतसहित तीन जनालाई पक्राउ गरिएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend