Logo

बुधवार, कार्तिक १२ गते २०८३

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

  • समाचार
  • बैशाख १, २०८३ मंगलवार १८:५४ बजे
  • 433
    SHARES
  • कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

    बाजुरा, १ वैशाखः जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै यहाँका चार पालिकाका नागरिकले राज्यबाट प्रवाह हुने सेवा लिनका लागि पाँच घण्टा लगाएर मार्तडीमा धाउनुपर्ने बाध्यता हटेको छ ।

    प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार कोल्टीमा इलाका प्रशासन कार्यालयको निर्णयबमोजिम कार्यालय स्थापना गरी सञ्चालन गर्न निर्देशनपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । इलाका प्रशासन कार्यालयको भवन निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अघि बढेर आवश्यक बजेटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

    नागरिकता, राहदानी, मालपोत र नापीको कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकार नौ जिल्लामा इलाका प्रशासन कार्यालय बनाउने निर्णय गरेको थियो ।

    पूर्वी उत्तरी भेगका हिमाली, स्वामीकार्तिक खापर, जनन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिन १० हजार खर्च गरेर सेवा लिनुपर्ने अवस्था रहेको थियो । यहाँका स्थानीय तह, राजनितिक दल र प्रशासनसहितको नागरिकको मागअनुसार सरकारले चार पालिकाका नागरिकले मार्तडी धाउनुपर्ने बाध्यता टरेको छ ।

    वैशाख १ गते बिदाको दिन कार्यालय उद्घाटन गरिएको भए पनि बुधबारदेखि भने नियमित रूपमा सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । मालपोत र नापी कार्यालयले पनि जग्गा नक्सा पास र मालपोतले जग्ना नामसारीलगातय कार्यको सेवा दिनेगरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend