Logo

बुधवार, कार्तिक १२ गते २०८३

अस्पतालबाट शिशु चोरी गर्ने महिलालाई रक्तस्राव भएपछि अस्पताल भर्ना

अस्पतालबाट शिशु चोरी गर्ने महिलालाई रक्तस्राव भएपछि अस्पताल भर्ना

  • समाचार
  • फाल्गुण १२, २०८० शनिवार १३:१६ बजे
  • 985
    SHARES
  • काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् ।

    काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

    अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

    उनले भने–‘बच्चा चोरी गर्ने महिलामाथि अनुसन्धान भइरहेको छ । अहिले पाठेघरबाट रक्तस्राव भएर बिरामी भएकोले हामीले अस्पताल पठाएका छौँ । उसले किन यस्तो गर्‍यो सबै कुरा बुझेपछि कसुर अनुसारको मुद्दा अघि बढाउँछौँ ।’

    अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाई छ । शिशु चोरी गरेकी उनलाई गएराति ११ बजे काठमाडौँको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend