Logo

बुधवार, कार्तिक १२ गते २०८३

सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रस्ताव

सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रस्ताव

  • समाचार
  • चैत्र ३०, २०८२ सोमवार २१:५१ बजे
  • 409
    SHARES
  • सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रस्ताव

    काठमाडौँ, ३० चैत : नेपालले चीनसँग सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्यको प्रस्ताव गरेको छ । गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग गृहमन्त्रीले उक्त प्रस्ताव गर्नुभएको हो ।

    त्यसक्रममा राजदूत माओमिङले सीमा अपराध रोकथाम गर्ने नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपालका सुरक्षा निकायको क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    सिंहदरबारमा आज भएको भेटमा गृहमन्त्री गुरुङले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्नेतर्फ भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल–चीन जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माण र दुई देशबीच व्यापार सहजीकरणका लागि अनुरोध गर्नुभएको गृहमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

    त्यसक्रममा गृहमन्त्री गुरुङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पार्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend