Logo

बुधवार, कार्तिक १२ गते २०८३

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

  • समाचार
  • चैत्र ३०, २०८२ सोमवार २१:३६ बजे
  • 274
    SHARES
  • सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

    काठमाडौँ, ३० चैत: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गर्नुभएको छ ।

    आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई–पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले यससम्बन्धी समझदारीपत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

    यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले सांसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताउनुभएको थियो । उहाँले डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको बनाउनुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

    सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend