Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

  • समाचार
  • चैत्र २८, २०८२ शनिवार १६:०१ बजे
  • 370
    SHARES
  • सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

    महेन्द्रनगर, २८ चैतः सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको छ ।

    कैलाली र कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलमा जनशक्ति थप गरिएको हो । अहोरात्र गस्ती गर्न ३० जनाको टोली बनाएर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले जनाएको छ ।

    नेपाल–भारत सीमा इलाकामा तैनाथ सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बिओपी)मार्फत सशस्त्र प्रहरी बल सीमा क्षेत्रको सुरक्षा र चोरी तस्करी नियन्त्रणमा सक्रिय छ । साथै विद्यालय तथा समुदायमा विपद् व्यवस्थापनसम्बन्धी चेतनामूलक कार्यक्रम पनि सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend