Logo

बुधवार, कार्तिक १२ गते २०८३

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

  • समाचार
  • चैत्र २६, २०८२ बिहिवार १५:३५ बजे
  • 472
    SHARES
  • लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

    काठमाडौँ, २६ चैतः देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो ।

    यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

    मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेबाट छ, मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका–५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका–६ बाट एक जनालाई पक्राउ गरिएको समाचारकक्षले आज प्रकाशन गरेको समाचार ‘बुलेटिन’मा जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend