Logo

बुधवार, कार्तिक १२ गते २०८३

महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने

महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने

  • समाचार
  • फाल्गुण १०, २०८० बिहिवार १२:१७ बजे
  • 598
    SHARES
  • १० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।

    बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ ।

    बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ । प्रतिवदेनमा प्रतिनिधिले राख्ने धारणा सकिए लगत्तै सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

    बैठक गोदावरीस्थित भिलेज रिसोर्टमा बस्ने भएको छ । शीर्ष नेताको बैठक पछि आज नै समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

    सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिले धारणा राखिरहेका छन् ।

     

    श्रोत: onlinekhabar


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend