Logo

बुधवार, कार्तिक १२ गते २०८३

गृहमन्त्री श्रेष्ठद्वारा ट्राफिक सप्ताहको उद्घाटन

गृहमन्त्री श्रेष्ठद्वारा ट्राफिक सप्ताहको उद्घाटन

  • समाचार
  • फाल्गुण १०, २०८० बिहिवार १२:०३ बजे
  • 730
    SHARES
  • नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गरेका छन् ।

    ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो ।

    प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे ।

    सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक र यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend