Logo

बुधवार, कार्तिक १२ गते २०८३

आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित

आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित

  • समाचार
  • चैत्र २२, २०८२ आइतवार ०९:३३ बजे
  • 634
    SHARES
  • आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा  गौतम निर्वाचित

    काठमाडौँ, २२ चैत : नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धीका रूपमा डा सुवर्ण पौडेल हुनुहुन्थ्यो । सङ्घको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु विजयी हुनुभएको सङ्घका निवर्तमान अध्यक्ष डा श्यामबाबु यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकी डा नगेन्द्र लामिछाने, लुम्बिनीमा डा कैलाश न्यौपाने, कर्णालीमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा हिमाल भट्ट निर्वाचित हुनुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend