Logo

बुधवार, कार्तिक १२ गते २०८३

मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

  • समाचार
  • फाल्गुण १०, २०८० बिहिवार ११:१५ बजे
  • 517
    SHARES
  • काठमाडौँ । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ ।

    एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘हामी बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउँछौँ । विरोध गर्छौ त्यसका लागि समय माग गरिसकेका छौँ । हाम्रो ध्यानाकर्षणलाई सरकारले कसरी लिन्छ त्यसमै बैठक अघि बढ्ने नबढ्ने भर पर्छ ।’

    फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय गर्ने आश्वासन दिएका थिए । बालकुमारी घटनामा २ जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वालाको गाडी आगजनी भएको थियो ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend