Logo

बुधवार, कार्तिक १२ गते २०८३

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुको मसाल जुलुस

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुको मसाल जुलुस

  • समाचार
  • फाल्गुण ९, २०८० बुधवार १७:५१ बजे
  • 832
    SHARES
  • काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री  प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस निकालेको छ ।बुधबार अनेरास्ववियुले त्रिचन्द्र कलेजमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

    बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै अनेरास्ववियुले कानुनी कारबाहीको माग गरेको छ । गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीका कारण सो घटना भएको निष्कर्ष निकालेको छ ।

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend