Logo

बुधवार, कार्तिक १२ गते २०८३

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

  • समाचार
  • चैत्र १८, २०८२ बुधवार ०७:०५ बजे
  • 310
    SHARES
  • गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    गण्डकी, १८ चैतः गण्डकी प्रदेशसभाको मङ्गलबारब बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

    विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो । प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । त्यसअघि उहाँले उक्त विधेयक पारितका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिनुभएको थियो ।

    बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको समयको अभावका कारण यस हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताउनुभयो । उहाँले सुशासन, पारिदर्शिता, भ्रष्टचार नियन्त्रण र मितव्ययीता कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको अधिकार स्थापित गर्न सबै पक्षबीच एैक्यबद्धताको खाँचो रहेको धारणा राख्नुभयो ।

    बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लिलबहादुर थापामगर र श्यामराजा महतले समसामयिक विषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend