Logo

मंगलवार, कार्तिक ११ गते २०८३

युरोपा लिग : म्यान्चेस्टर र टोटनह्याम विजयी

युरोपा लिग : म्यान्चेस्टर र टोटनह्याम विजयी

  • खेलकुद
  • फाल्गुण ७, २०७७ शुक्रवार ०२:२८ बजे
  • 610
    SHARES
  • युरोपा लिग :  म्यान्चेस्टर र टोटनह्याम विजयी

    काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी हुदा आर्सनल र लेष्टर सिटीले आ-आफ्ना खेलमा बराबरी गरेका छन् ।

    गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले स्पेनको रियाल सोसिडाडलाई उसैको मैदानमा ४–० ले पराजित गर्‍यो । यसैगरी टोटनह्याम हट्सपरले अष्ट्रियाको वुल्फसवर्गर एसीलाई ४–१ ले पाखा लगायो ।

    आर्सनललाई पोर्चुगलको बेनिफिकाले १–१ गोलको बराबरीमा रोक्दा अर्को इंग्लीश क्लब लेष्टर सिटीले चेक गणतन्त्रको स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको छ ।

    युरोपा लिगका अन्य खेलहरुमा इटालीको ए.एस. रोमाले पोर्चुगलको ब्रागालाई २–० ले हराउँदा अर्को इटालीयन क्लब एसी मिलानले सर्वियाको रेडस्टार बेलग्रेडसँग २–२ गोलको बराबरी खेल्यो ।

    इटालीकै नापोलीलाई गएराति स्पेनको ग्रानाडाले २–० ले हराएको छ । युरोपा लिगका अन्य खेलहरुमा नेदरल्याण्ड्सको आयाक्स, स्पेनको भियारियाल, स्कटल्याण्डको रेन्जर्स र ग्रिसको ओलम्पियाकोस पनि विजयी भएका छन् । एजेन्सी


    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend