Logo

बुधवार, कार्तिक १२ गते २०८३

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री

  • समाचार
  • पौष ७, २०८० शनिवार २२:३८ बजे
  • 733
    SHARES
  • डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री

    पुस ७, काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताउनुभएको छ।

    शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु। तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं।’’

    प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्वपूर्ण कामहरु भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरियो। पुर्व–पश्चिम, उत्तर–दक्षिण परियोजनाहरु अगाडि सारियो। विकासका ठूलठूला आयोजनाहरु सञ्चालनमा आए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो। दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो। अबको डेढ वर्षमा सिङ्गो देश नै उज्यालो हुने गरी काम गर्ने बताउनुभयो।

    सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिनुभयो।

     

    प्र.म. सचिवालय


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend