Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बनेपा-६ काभ्रेमा नेत्र रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुने

बनेपा-६ काभ्रेमा नेत्र रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुने

  • समाचार
  • मंसिर १४, २०८० बिहिवार २१:४७ बजे
  • 601
    SHARES
  • बनेपा-६ काभ्रेमा नेत्र रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुने

    काभ्रे । काभ्रेमा पहिलोपटक आँखा रोगका विशेषज्ञहरुको अन्तर्राष्ट्रिस्तरको सम्मेलन हुने भएको छ । बनेपा नगरपालिका–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सम्मेलन आयोजना गर्न लागेको हो ।

    अस्पतालले बिहिबार पत्राकार सम्मेलन गर्दै आगामी मंसिर २२ र २३ गते नेपाल र अमेरिकाका नेत्र विशेषज्ञहरुसहितको सम्मेलन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणी शर्माले सम्मेलनमा अमेरिका तथा नेपालमा भएको आँखाको उपचार सेवाको सन्दर्भमा अनुभव आदान प्रदान गर्ने तथा आँखा उपचार सेवालाई गुणस्तरीय बनाउने विषयमा छलफल हुने बताए ।

    सम्मेलनमा नेपालका विभिन्न अस्पतालका करिब १५० जना नेत्र विशेषज्ञ तथा अमेरिकाका करिब ५० जनाले सहभागिता जनाउने उनले बताए । महासचिव शर्माका अनुसार नेत्र सम्मेलन अन्तर्गत मंसिर २२ गते सम्मेलनका साथै अस्पतालमा सञ्चालनमा ल्यायएको नयाँ ओपिडी भवनको उद्घाटन हुनेछ ।

    २३ गते नेपाल तथा अमेरिकाका नेत्र विशेषज्ञहरुले आँखाको रोग सम्बन्धी समस्या, उपचारलगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्ने शर्माले बताए । सम्मेलनकै लागि अमेरिकी विशेषज्ञको टोली भोली र पर्सिसम्ममा नेपाल आइपुग्ने तालिका रहेको उनले बताए । उक्त टोलीले रेयुकाई आँखा अस्पतालको ढल्केबर शाखा, जनकपुरको आँखा जाँच केन्द्रका साथै बनेपास्थित अस्पतालमा बिरामीहरुको उपचार गर्ने कार्य तालिका रहेको उनको भनाई छ ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend