काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गाजर किलोको ५५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १७ रुपैयाँ ५० पैसा, रातो मूला ३२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा १७ रुपैयाँ ५० पैसा प्रति किलो मूल्य तोकिएको छ ।
त्यसैगरि गोलभेँडा सानो (लोकल) प्रतिकिलो २९ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, सुकेको प्याज ९२ प्रतिकिलो तोकिएको छ ।



