Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्राविधिक र स्वास्थ्यतर्फ लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

प्राविधिक र स्वास्थ्यतर्फ लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

  • समाचार
  • मंसिर १, २०८० शुक्रवार ०९:३५ बजे
  • 553
    SHARES
  • प्राविधिक र स्वास्थ्यतर्फ लोक सेवा  आयोगले माग्यो  २ सय ५७ कर्मचारी

    काठमाडौं । लोक सेवा आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको छ।

    आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ । आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र  आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्ने छन् । 

    Lok-Sewa-Aayog-Building-4639.jpg

     

    श्रोत: रातोपाटी 

     

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend