Logo

मंगलवार, कार्तिक ११ गते २०८३

भूकम्प प्रभावित क्षेत्रका मेयरको आक्रोश–भेरी नगरको आकाशमा हेलिकोप्टर आतंक बन्द गर

भूकम्प प्रभावित क्षेत्रका मेयरको आक्रोश–भेरी नगरको आकाशमा हेलिकोप्टर आतंक बन्द गर

  • समाचार
  • कार्तिक २१, २०८० मंगलवार २०:२२ बजे
  • 658
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रका मेयरको आक्रोश–भेरी नगरको आकाशमा हेलिकोप्टर आतंक बन्द गर

    जाजरकोट । भूकम्पबाट प्रभावित भएको जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् । 

    उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकाम समेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवार हुने गरिरहेका छन् । 

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा त्यहाँ पुगेका थिए । यस्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सेनाकै हेलिकोप्टरमा ओहोर–दोहोर गरिरहेका छन्।Screenshot_2023-11-07-20-22-58-014_com.facebook.katana-edit.jpg

     

    श्रोत:रातोपाटी 

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend