Logo

मंगलवार, कार्तिक ११ गते २०८३

तस्करीको चाँदी झण्डै एक सय किलो रहेको पुष्टि, १३ तोला सुन पनि बरामद

तस्करीको चाँदी झण्डै एक सय किलो रहेको पुष्टि, १३ तोला सुन पनि बरामद

  • समाचार
  • कार्तिक १६, २०८० बिहिवार २१:०६ बजे
  • 631
    SHARES
  • विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदी ९९ किलो ९९४.५ ग्राम रहेको पुष्टि भएको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको छ । 

    प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ । 

    सुनचाँदी पसलबाट बिहीबार दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए । 

    विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ ।Screenshot_2023-11-02-21-08-16-686_com.facebook.katana-edit.jpg

     

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend