Logo

मंगलवार, कार्तिक ११ गते २०८३

ट्राफिक प्रहरीले भन्यो–नियम उल्लंघनको क्रममा भौतिक रुपमै लाइसेन्स चाहिन्छ

ट्राफिक प्रहरीले भन्यो–नियम उल्लंघनको क्रममा भौतिक रुपमै लाइसेन्स चाहिन्छ

  • समाचार
  • कार्तिक १३, २०८० सोमवार १९:४२ बजे
  • 544
    SHARES
  • ट्राफिक प्रहरीले भन्यो–नियम उल्लंघनको क्रममा भौतिक रुपमै लाइसेन्स चाहिन्छ

    काठमाडौँ । ट्राफिक प्रहरीले नियम उल्लंघ भयो भने लाइसेन्स नै चाहिने बताएको छ । 

    सवारी चालकले नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्ने भएपछि ट्राफिक प्रहरीले नियम उल्लंघ भएमा लाइसेन्स नै चाहिने बताएको हो ।  

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै नागरिक एपमा हुने डीजीटल लाइसेन्स सुविधा दिइएको बताएका थिए ।

    यसबारे बोल्दै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने बताएको हो । 

    ट्राफिक प्रहरीले भनेको छ,'हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ ।'  Screenshot_2023-10-30-19-44-29-753_com.facebook.katana-edit.jpg

     

    श्रोत:रातोपाटी,रासस 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend