Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पाटन पुगेर गुटरेसले सम्झिए सन् १९७८ को आफ्नो नेपाल भ्रमण

पाटन पुगेर गुटरेसले सम्झिए सन् १९७८ को आफ्नो नेपाल भ्रमण

  • समाचार
  • कार्तिक १२, २०८० आइतवार १९:४७ बजे
  • 1.2K
    SHARES
  • पाटन पुगेर गुटरेसले सम्झिए  सन् १९७८ को आफ्नो नेपाल भ्रमण

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा जोड दिएका छन् । 

    नेपालको चारदिने भ्रमणमा रहनुभएका महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पुरातात्विक महत्वका सम्पदाको वास्तविक स्वरुप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिएका हुन् । 

    महासचिव एन्टोनियो गुटरेसले भने, ‘भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ ।’

    सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको बताए । महासचिव गुटरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको बताउँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए । साथै उनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राजनीतिक दलले गरेका प्रयत्नप्रति खुसी व्यक्त गरे ।Screenshot_2023-10-29-19-48-05-030_com.facebook.katana-edit.jpg

     

    श्रोत: रातोपाटी,रासस 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend