Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कार्तिक १२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

कार्तिक १२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

  • समाचार
  • आश्विन २६, २०८० शुक्रवार १६:१८ बजे
  • 640
    SHARES
  • कार्तिक १२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

    आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।  

    थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण  सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ ।IMG_20231005_095122.jpg

     

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend