Logo

मंगलवार, कार्तिक ११ गते २०८३

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

  • समाचार
  • आश्विन २४, २०८० बुधवार ०७:०३ बजे
  • 799
    SHARES
  • इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

    इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।

    नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए ।

    अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले भने, ‘यो मरुभूमि नै हो ९रामत नेगेभ०, इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’

    यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरू यहाँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

    ‘हामीले हामी रहेको ठाउँमा रहेका इजरायली व्यक्तिसँग यहाँ आक्रमण हुँदा के गर्ने भनेर प्रश्न सोधेका थियौं,’ उनले इजरायलीको भनाइ उद्धृत गर्दै भने, ‘तिमीहरू अहिले अलुमिनियमको कोठामा छौं, यहाँ बंकर छैन, जमिनबाट आक्रमण भयो भने हामी ३०÷४० जना जति यहाँको सुरक्षाका लागि बसेका छौं, आफ्नो देश हो हाम्रो यो, हामी ज्यानको प्रवाह नगरी लड्नेछौं, ज्यान जाओस् हामी उनीहरूसँग लड्छौं ।’

    सुरजले उनीहरूको भनाइ उद्धृत गर्दै भने, ‘अब आकाशको कुरा, तिमीहरू बसेको कोठाले हवाई आक्रमण रोक्दैन, यो अलुमिनियमको कोठा हो, त्यस्तो हुँदा सबै सँगै नबस्नुहोला, जति जना छौ बाहिर (ओपन स्पेस) मरुभूमिमा भाग्नुहोला, त्यस्तो हुँदा बाँच्ने सम्भावना रहन्छ, अब आफूमाथि तोप गोला पनि नपर्ने भनेको आफ्नो भाग्यको कुरा हो, भाग्यमा कहिलेसम्म लेखेको छ, त्यही हुने हो, सकेसम्म सँगै नबस्नु, बाहिर चारैतिर फिँजिएर मरभूमिमा भाग्नुहोला ।’

    नेपाल सरकार र दूतावाससँगको कुराकानीबाट प्रस्ट के देखिन्छ भने यहाँ रहेका २ सयभन्दा बढी विद्यार्थीबाट केही २०–२५ जनालाई उद्धार गरेको जस्तो गर्ने, बाँकी रहेका विद्यार्थीलाई केही समयपछि लग्ने आश्वासनमा यहीँ छाड्न लागेको उनीहरूको बुझाइ रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।IMG_20231011_070858.jpg

     

    श्रोत: रातोपाटी, राजधानी 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend