Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेकपा एमाले बागमती प्रदेश क्षेत्र नं.१ खुला मा मन्जु देबकोटा सहित सात जना सर्बसम्मत निर्वाचित

नेकपा एमाले बागमती प्रदेश क्षेत्र नं.१ खुला मा मन्जु देबकोटा सहित सात जना सर्बसम्मत निर्वाचित

  • समाचार
  • आश्विन ११, २०८० बिहिवार १४:०९ बजे
  • 1.3K
    SHARES
  • नेकपा एमाले बागमती प्रदेश क्षेत्र नं.१ खुला मा मन्जु देबकोटा सहित सात जना सर्बसम्मत निर्वाचित

    काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिबेशनमा संघिय निर्वाचन क्षेत्र  नं. १ खुला बाट कमलामाई नगरपालिका की उप- प्रमुख मन्जु देबकोटा सहित सात जना सर्बसम्मत निर्वाचित भएका छन्।

    बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरेका उम्मेदवारहरूको  नामावली भने बिहीबार बिहान सार्वजनिक गरिएको थियो।

    सार्वजनिक नामावाली अनुसार क्षेत्र नं १ खुल्लामा शान्तिमान कार्की, प्रलाद कुमार पोखरेल र महिला मा पाँच जना मन्जु देबकोटा, डोर कुमारी कार्की,रमा शर्मा, सुकुमाया तामाङ, र रश्मिला देबकोटा र त्यस्तै युवामा पुष्पराज श्रेष्ठ छन।

    उक्त अधिबेशनमा अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।

    प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत गर्ने तयारी छ । यसैबीच मतदानको अन्योलताका बीच पनि उम्मेदवारहरु  च्यासल परिसरमा चुनाव प्रचारप्रसारमा व्यस्त देखिन्छन् । अध्यक्षदेखि अन्य पदका उम्मेदवारहरु भने आफ्नो पक्षमा माहोल बनाउन भोट माग्न व्यस्त भएको देखिन्छ।

    IMG_20230928_124623.jpg



    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend