Logo

मंगलवार, कार्तिक ११ गते २०८३

स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरे काउन्सिसलमा उजुरी दिन आग्रह

स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरे काउन्सिसलमा उजुरी दिन आग्रह

  • समाचार
  • आश्विन ९, २०८० मंगलवार १९:५३ बजे
  • 1.6K
    SHARES
  • स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरे काउन्सिसलमा उजुरी दिन आग्रह

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा कुनै लापर्बाही गरेमा निवेदन दिन आग्रह गरेको छ ।

    मंगलबार सूचना जारी गरी चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा वा हेलचेक्र्याइँ गरी कुनै घटना भएको भए त्यस बारेमा गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको जानकारी दिएको छ । त्यस्ता घटनाहरूको छानबिन भइरहेको काउन्सिलले जनाएको छ ।

    ‘विगत केही महिनादेखि देशका विभिन्न स्वास्थ्य संस्था, केन्द्रहरुमा उपचारको लागि आएका बिरामीहरूको स्वास्थ्य उपचार गर्ने सिलसिलामा बिरामीहरूको दुःखद निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    IMG_20230926_195516.jpg

    श्रोत : रातोपाटी

      


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend