Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चीनले नेपाललाई भू–परिवेष्टितबाट भू–जडित मुलुक बन्न सघाउने

चीनले नेपाललाई भू–परिवेष्टितबाट भू–जडित मुलुक बन्न सघाउने

  • समाचार
  • आश्विन ९, २०८० मंगलवार ११:२८ बजे
  • 1.1K
    SHARES
  • काठमाडौँ । चीनले नेपाललाई भू–परिवेष्टित मुलुकबाट भू–जडित मुलुक बन्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले नेपाललाई भू–जडित मुलुक बन्न सहयोग गर्ने सम्झौता भएको हो ।

    नेपाल–चीनले संयुक्तरुपमा सार्वजनिक गरेको वक्तव्यमा लेखिएको छ, ‘दुवै पक्षबिच सडक यातायातमार्फत भू–परिवेष्टितबाट भू–जडित बन्नका लागि चीनले सहयोग गर्न सहयोग गर्ने सम्झौता भएको छ ।’ यसका लागि नेपालले चीनको सडकमार्गलाई ट्रान्जिटकारुपमा प्रयोग गर्न पाउनेछ ।

     

    नेपाल उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण, पूर्व र पश्चिममा भारतसँग जोडिएको छ । जसकारण, नेपाल भू–परिवेष्टित राज्य हो । नेपाललाई उत्तर र दक्षिण छिमेकी मुलुक नै भू–जडित बनाउने घोषणा गर्दै आइरहेका छन् ।

     

    नेपाली पक्षको चाहनाअनुसार चिनियाँ पक्ष अरनिको राजमार्गमा चौथो चरणको मर्मत र विस्तारको काम अघि बढाउन तयार बनेको छ । अरनिको राजमार्गमा सिन्धुपाल्चोकको तातोपानीदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार गरिदिन नेपाली पक्षले आग्रह गरेको थियो । जुन, आग्रह चिनियाँ पक्षले स्वीकार गरेको हो ।

    यस्तै, स्याफ्रुबेसी–रसुवागढी सडकमार्गको विस्तार र मर्मतमा समेत चिनियाँ पक्षले सहमत बनेको छ । तर, यसका लागि नेपाली पक्षले साइट क्यिलर सक्नुपर्छ । यसबाहेक, टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता समेत सम्पन्न भएको छ । यसले नेपाल–चीनबीचको केनेक्टिभिटी जोड्ने बताइएको छ भने काठमाडौँको चक्रपथको दोस्रो फेजको विस्तार समेत सुरु गर्ने सम्झौता भएको छ ।

    सडकमार्गबाहेक, काठमाडौँ–केरुङ रेलमार्ग निर्माणको सम्भाव्यता गर्न दुवै पक्ष सहमत बनेका छन् । यसका लागि नेपाल–चीन रेलवे कर्पोरेसनको आठौँ कार्यदल बैठक छिट्टै आयोजना गर्ने सम्झौता समेत भएको छ ।

     

    nepal-china-agreement_hDAcOejl1j.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend