Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्री प्रचण्ड चीनको बेइजिङमा

प्रधानमन्त्री प्रचण्ड चीनको बेइजिङमा

  • समाचार
  • आश्विन ७, २०८० आइतवार १३:५२ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड चीनको बेइजिङमा

    बेइजिङ  । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । 

    उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । 

    चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् । 

    prachanda_ysNx7pFDBe.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend