Logo

मंगलवार, कार्तिक ११ गते २०८३

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख घिमिरे

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख घिमिरे

  • समाचार
  • आश्विन ७, २०८० आइतवार ११:२४ बजे
  • 718
    SHARES
  • शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख घिमिरे

    काठमाडौँ । आयरल्याण्डको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकारी गर्दै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक सकेसम्म सर्वसम्मत र नभए नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका छन् ।

     यस्तै आयरल्यान्डमा बसोबास गरेका नेपालीहरूको बारेमा  त्यहाँका सभामुखको चिन्ता जनाएको उनले जानकारी दिए । आफ्नो देश बनाउन नेपालीहरूको ठुलो योगदान रहेको र उहाँहरूलाई सहुलियत दिएर सकेसम्म उतै राख्न चाहेको कुराकानीमा बताएको घिमिरेको जिकिर छ ।

     तीबाहेक आयरल्यान्ड र नेपालको संसदबीचको सम्बन्ध विस्तार गर्न, नेपालको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको विकासमा संसद्, सरकारको तर्फबाट सहकार्य गर्न चाहेको उनले बताए ।

    devraj-ghimire_gPjQysa9UQ.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend