Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस महासमितिको बैठक मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव

कांग्रेस महासमितिको बैठक मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव

  • समाचार
  • आश्विन ४, २०८० बिहिवार १९:३२ बजे
  • 799
    SHARES
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन् । 

     

    पहिलो दिनको बैठकपछि बोल्दै नेता मिनबहादुर विश्वकर्माले महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताए ।  

    अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको पनि नेता विश्वकर्माले बताए । उनले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेको बताए ।

    कांग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।congress-ccm_eTLKJleZHK.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend