Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

  • समाचार
  • भाद्र २४, २०८० आइतवार १०:०५ बजे
  • 559
    SHARES
  • चीन । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । 

    टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै सहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ । 

    सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहर, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ ।china-flood_u41WSeFXyO.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend