लस एन्जल्स । अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले शनिवार संयुक्त रुपमा एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।
माउइ जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर एक सय १५ जनाले ज्यान गुमाएका छन् । अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको हो ।
प्रचण्ड गर्मीमा ठुलो विपत्ति बनेर आउने वन डढेलो टापु राज्य हवाईका निम्ति अभिशाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।
श्रोत : रातोपाटी