Logo

मंगलवार, कार्तिक ११ गते २०८३

राप्रपाको बेलायत प्रवास अध्यक्षमा रोशन सापकोटा

राप्रपाको बेलायत प्रवास अध्यक्षमा रोशन सापकोटा

  • समाचार
  • भाद्र १५, २०८० शुक्रवार १८:२९ बजे
  • 619
    SHARES
  • काठमाडौँ । राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मतिले चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र  शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा गीता गिरी, संगठन विभागमा डा.डेबिड थापा र भूपाल कार्की, प्राविधिकतर्फ राकेश शाह रहेका छन् । 

    यसैगरी कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल बिक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दिपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ रहेका छन् । 

    भेलाले एक.के.श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, नन्द कुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।

    राप्रपाले पछिल्लो समय आक्रामक ढंगबाट पार्टीको प्रवास संगठन विस्तार गर्ने नीति लिएको र केही देशमा अधिवेशन सम्पन्न भइसकेको, केही अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ । 

    हालै मात्रै युएई र साउदी अरबमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अधिवेशन सम्पन्न भएको विभागले जनाएको छ ।

    roshan-shapkota_eVHp0GdLVo.jpg

     

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend