Logo

मंगलवार, कार्तिक ११ गते २०८३

समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलन बचाउन भूमिका खेल्छ : माधव नेपाल

समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलन बचाउन भूमिका खेल्छ : माधव नेपाल

  • समाचार
  • भाद्र १४, २०८० बिहिवार १८:१४ बजे
  • 667
    SHARES
  • सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भूमिका खेल्ने बताएका छन् ।

    समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै  उनले आन्दोलनको उपलब्धिलाई बचाउनका लागि भएपनि मोर्चाको आवश्यक भएको बताए । 
    समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आंकलनहरु पनि भइरहेको भन्दै अध्यक्ष नेपालले  सरकार कुनै हालतमा नढल्ने दाबी गरे । कम्युनिष्टहरु मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको उनले बताए । 
     
    madhav_bZajkpitjg.webp
     
    उनले भने, मोर्चा बन्दा कांग्रेसलई चिसो बस्यो कि भन्ने आंकलनहरु भइरहेका छन्, त्यो गलत हो बरु वर्तमान सरकार बचाउनका लागि भूमिका निर्वाह गर्ने भएकाले तातो पसेको छ ।

    अध्यक्ष नेपालले एकतामा शक्ति मिल्ने र शक्तिमा तागत हुने भएकाले समाजवादी शक्तिहरु एक ठाउँमा आएको बताए । 

    अध्यक्ष नेपालले नेपाली विशेषताको समाजवाद निर्माणमा मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । वर्तमान सरकारले जनताको पक्षमा रहेर काम गर्नुपर्ने उनको भनाइ छ । 

    अध्यक्ष नेपालले एमसीसी संविधानमाथि नहुने भनेपछि आफूहरुले सहमति जनाएको बताए ।तर अनुचित सम्झौता स्वीकार्य हुने नसक्ने उनको भनाइ छ । 

    अध्यक्ष नेपालले समाजवादी मोर्चा जनताको पक्ष र जनतालाई सुखी बनाउनका लागि बनाइएको बताए । मोर्चामा रहेका दल र नेताहरुबीच एक आपसमा समझदारी हुनुपर्ने भन्दै उनले त्यो पालिकादेखिनै हुनुपर्ने बताए ।

     

    श्रोत : रातोपाटी

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend