Logo

मंगलवार, कार्तिक ११ गते २०८३

डेंगु संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो

डेंगु संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो

  • समाचार
  • भाद्र १४, २०८० बिहिवार १८:०६ बजे
  • 1.2K
    SHARES
  • काठमाडौँ । डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगु संक्रमित २१ हजारभन्दा बढी नागेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा संक्रमण भएको छ ।

    गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः  सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    ईडीसीडीले डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० जिल्ला छुट्याएको छ । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।

    दोस्रोमा २२ सय ४२ केस मोरङमा पुष्टि भएको छ । त्यसपछि २ हजार १०१ केश धनगडीमा पुष्टि भएको छ । क्रमशः १३ सय २३ झापा, ४२७ काठमाडौँ, ३३६ धनकुटा, २७२ सङ्खुवासभा, २६० कास्की, १९४ दार्चुला र १७४ जनामा ललितपुरमा पुष्टि भएको ईडीसीडीकोले जनाएको छ । 

     

    dengue-women_aBV2A90Drj.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend