Logo

मंगलवार, कार्तिक ११ गते २०८३

छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

  • समाचार
  • भाद्र ६, २०८० बुधवार १०:५१ बजे
  • 523
    SHARES
  • काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशहरूको हकमा छिटै निर्णय हुने बताएका छन् । मंगलबार प्रधानन्यायाधीशको पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।

    केही न्यायाधीशहरु १७ महिनादेखि छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद्मा तानिएको भन्दै उनीहरुको सम्बन्धमा कहिले निर्णय हुन्छ भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुने बताए । 

    श्रेष्ठले भने, ‘हो, केही न्यायाधीशहरु लामो समयदेखि छानबिनमा तानिएका छन् । उनीहरुको सम्बन्धमा बुझ्ने काम सकिएको छ । अब न्यायाधीश नियुक्ति प्रक्रियासँगै उनीहरुको सम्बन्धमा पनि निर्णय हुन्छ । छानबिनबाट दोषी देखिए कारबाही हुन्छ र निर्दोष देखिए क्लिनचिट पाउँछन् । अब उनीहरुको सम्बन्धमा पनि छिटै निर्णय हुन्छ ।’

    फैसलामा कैफियत, मोलाहिजा लगायतको आरोपमा जिल्ला अदालतका पाँचजना न्यायाधीशलाई सर्वोच्च अदालत र न्याय परिषद् काजमा तानिएको थियो । तानिएका मध्ये जिल्ला न्यायाधीशहरु सूर्यप्रसाद अधिकारी र बद्री ओली उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । हाल न्यायाधीशहरु राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराई मात्रै बहाल छन् । यद्यपि निर्णय हुँदा अवकाशमा गइसकेका न्यायाधीशको हकमा समेत निर्णय हुने बताइएको छ ।app.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend