Logo

मंगलवार, कार्तिक ११ गते २०८३

भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरियो

भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरियो

  • समाचार
  • श्रावण २३, २०८० मंगलवार १०:४५ बजे
  • 835
    SHARES
  • काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले भक्तपुरको चाँगुनारायणमा घर पुरिएको छ । चाँगुनारायण नगरपालिका–१ मा विदुर केसीको चारकोठे घर पुरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (डिएसपी) वसन्त पाठकले रातोपाटीलाई बताए ।

    वर्षाका कारण घरमाथिबाट माटोको ढिस्को खसेको थियो । इट्टाको पर्खाल र जस्ता छानो भएको घर पुरिएको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू पुगेका छन् ।

    गए राति देखी परेको वर्षाका कारण भक्तपुरको मनोहरा लगायतका खोलामा पानीको बहाव बढेको छ । नदी किनारामा सतर्कता अपनाइएको डिएसपी पाठकले जानकारी दिए ।

     

    bhaktapur_KTHkhfUYdG.webpश्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend