Logo

मंगलवार, कार्तिक ११ गते २०८३

राष्ट्र बैंकले खुकुलो बनायो आयात, अब एकैपटकमा ६० हजारको एलसी खोल्न पाउने

राष्ट्र बैंकले खुकुलो बनायो आयात, अब एकैपटकमा ६० हजारको एलसी खोल्न पाउने

  • समाचार
  • श्रावण २२, २०८० सोमवार १९:१७ बजे
  • 898
    SHARES
  • काठमाडौँ । विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो ।

    यसअघि, भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै जाँदा केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो । सोअनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको एलसी खोल्न पाउने भएका छन् ।

    रेमिट्यान्सको आप्रवाह बढ्दै गएपछि केन्द्रीय बैंकको भण्डारमा ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ । यसअघि, रेमिट्यान्सको आप्रवाह घट्दा ६ महिना आसपासको मात्रै आयात धान्ने भण्डारण थियो ।santoshi.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend