Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गैरआवासीय नेपाली संघको सीईओमा राजेन्द्रकुमार राउत नियुक्त

गैरआवासीय नेपाली संघको सीईओमा राजेन्द्रकुमार राउत नियुक्त

  • समाचार
  • श्रावण १२, २०८० शुक्रवार १३:५५ बजे
  • 673
    SHARES
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्रकुमार राउत नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीका अनुसार गत महिना रविकिरण अधिकारीले राजीनामा दिएपछि रिक्त  उक्त पदमा राउत नियुक्त भएका हुन् । 

    राउतलाई गैरआवासीय नेपाली संघद्धारा गठित सीईओ छनोटले दोस्रो नम्बरमा सिफारिस गरेको थियो । संघको कर्मचारी नियमावली अनुसार पहिलो नम्बरमा रहेका अधिकारीले सो पद छोडे पछि राउत स्वतः नियुक्ती भएका हुन् । 

    यसअघि राउतले कोरोना महामारीको बेला विदेशमा बस्ने नेपालीहरुलाई उद्धार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा सो महामारीमा मध्यपूर्वका देशबाट मात्र ३० हजार भन्दा बढी नेपालीहरुको उद्धार गरिएको थियो । 

    rajendra-raut_mRKWNBVZQ5.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend