Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रहरी बाट ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट

प्रहरी बाट ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट

  • समाचार
  • श्रावण १०, २०८० बुधवार १८:३३ बजे
  • 775
    SHARES
  • काठमाडौँ — प्रहरीले विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेबारिसे ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ ।

    प्रहरीका अनुसार भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानुनबमोजिम नष्ट गरिएको हो ।

    नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको हो । फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणका लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ ।

    gun.jpg

     

    श्रोत : कान्तिपुर


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend