Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

  • समाचार
  • श्रावण १०, २०८० बुधवार १७:४० बजे
  • 652
    SHARES
  • काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

    काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णयको कार्यान्वयन नभएको पाइएको हो । 

    मुख्यतः काठमाडौँको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोविखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायतका क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या देखिएको हो ।

    महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले गरेको निर्णय कार्यान्वयनका लागि नगर प्रहरी लागिरहेको बताए । “काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको छ, चाँडै समस्याको समाधान हुन्छ,” उनले भने ।

                                                                 

    buspark-final_OyVRb0n1ls.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend