काठमाडौँ । नेपालमा पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार २८९ केस पुष्टि भएको छ ।
डेंगु सङ्क्रमणकै कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाका मात्रै रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जनाएको छ ।
गएको पुस महिना यता ४ हजार २८९ जनामा पुष्टि भएको महाशाखाका प्रमुख डा.रुद्र प्रसाद मरासिनीले बताए ।
सबैभन्दा बढी सुनसरी जिल्लामा डेंगु सङ्क्रमित पुष्टि भएको छ । सुनसरीमा मात्रै २ हजार ५४२ जना सङ्क्रमित भएका छन् ।
श्रोत : रातोपाटी