Logo

मंगलवार, कार्तिक ११ गते २०८३

विद्यालयका कर्मचारी र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

विद्यालयका कर्मचारी र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

  • समाचार
  • आषाढ २६, २०८० मंगलवार २०:०५ बजे
  • 532
    SHARES
  • काठमाडौँ । विद्यालय कर्मचारी र सरकारबीच सहमति भएको छ । विद्यालय कर्मचारीहरूले उठान गर्दै आएका ५ बुँदे माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधन गर्ने गरी सहमति गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । सहमति अनुसार माग पुरा गराउन अर्थ मन्त्रालयलाई लेखी पठाउने समेत निर्णय गरिएको छ ।

    सहमति अनुसार विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गरिने भएको छ ।विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले ऐन निर्माणका लागि सरकारले संघीय संसद्को यही अधिवेशनमा पेस गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमति भएको बताए ।  

    तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको उनको भनाई छ । उक्त सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई बुझाएको छ ।शिक्षा मन्त्रालयले सो प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयलाई सिफारिस गर्ने उनको भनाई छ ।

    मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । पारिश्रमिकमा काम गर्नुपरेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाई कार्यान्वयन गर्न माग गर्दै जेठ २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

    सहमति भएसँगै आन्दोलन तत्कालका लागि स्थगित गरिएको अध्यक्ष तिवारीले बताए । 

    school_band_1111_ZWPHijqdZN_vVCbrUNUMk.jpg

    श्रोत : रातोपाटी

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend