तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ ।

श्रोत : रासस