Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हुन् : स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हुन् : स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

  • समाचार
  • आषाढ १९, २०८० मंगलवार १७:२० बजे
  • 697
    SHARES
  • सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हुन् : स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

    काठमाडौँ । सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन्  । 

    मन्त्री बस्नेतले भने, ‘यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पत्ति होइन, सर्लाही जिल्लाकै सम्पत्ति हो र स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हो ।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो प्राथमिकता विपन्न, गरिब एवं वेवारिसेले सर्वसुलभ उपचार पाउनु पर्ने भएकाले आफू त्यसमा लागेको र सफलता पाउँदै गइरहेको जिकिर गरे ।

    स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पताललाई विपन्न विरामीका लागि जनरल वार्ड निःशुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैयामा अहिले विपन्नहरुले सहज उपचार पाउन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।

    गरिब र विपन्नको सिफारिस वडाध्यक्षहरुले गर्नुपर्ने निर्णय गरेर आफूले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहज बनाएको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालहरुका सबै जनरल वार्ड निःशुल्क गरिने दाबी गरे । 

    health min.webp

    श्रोत : रातोपाटी

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend