बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज (मंगलबार)देखि दुई दिने रोजगार मेला बुटवलमा सुरु भएको छ ।
मेला नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्दै नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
बुटवलको उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढेलेखेका युवाहरु कामको खोजीमा बाहिरिइरहेको विषयमा दुबै पक्षले सोच्न आवश्यक रहेको बताए ।
अध्यक्ष कसजूका अनुसार मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ । जसमा ३ सय जनालाई रोजगारीको अवसर दिइने छ।
श्रोत : रातोपाटी